Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षाका कारण रोकिएको भारत-पाकिस्तानको खेल सुरु

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल सुचारु भएको छ ।

नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु भएको हो ।

यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो ।

तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०/५० ओभर ब्याटिङ गर्ने छन् ।

भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077