Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीलाई राप्रपा प्रवक्ता शाहीको जवाफ - आन्दोलन कस्तो हुन्छ तपाईंलाई हामी देखाउँछौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको बोलीमा लगाम लगाउन आवश्यक रहेको बताएका छन् ।

राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले यस्तो बताएका हुन् ।

प्रवक्ता शाहीले आन्दोलन कस्तो हुन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूहरुले देखाउने बताए ।

प्रवक्ता शाहीले भने, ‘प्रधानमन्त्री आफैं हुनुहुन्छ तर, ठाउँ ठाउँमा भाषणा गर्दै बर्खा सकियोस् लाखौं जनता सडकमा आउनुपर्यो भन्नुहुन्छ संसारको कुनैपनि देशमा हामीले देखेको छैन प्रधानमन्त्रीले आन्दोलन गरेको । त्यसैले, राप्रपा प्रधानमन्त्रीलाई खुला चुनौती दिन चाहन्छ अब तपाईंका आन्दोलन गर्ने दिन गए, जनताले प्रधानमन्त्री बनाएका हुन् जनताको काम गरौं काम गर्न सकिँदैन भनेर राजीनामा दिएर घर बसौं होइन भने ज्यादा फुरफर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौं राष्ट्रवादी शक्तिले देखाउँछौं ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभाहरुमा बोल्दै लाखौं जनता सडकमा उतार्ने घोषणा गरिहेका बेला प्रवक्ता शाहीले आन्दोलन राष्ट्रवादी शक्तिले देखाउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077