Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोहली र केएलको शतकमा भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

काठमाडौं । विराट कोहली र केएल राहुलको शतकप्रेरित भारतले एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा गर्यो ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक बनाए । कोहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । यस्तै शुभमन गिल ५८ र कप्तान रोहित शर्माले ५६ रन बनाएर आउट भए ।

बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए । भारत र पाकिस्तानबीच आज 'रिजर्भ डे' मा खेल भइरहेको हो । पाकिस्तानले केहीबेरमा ब्याटिङ थाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077