Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकदिवसीय क्रिकेटमा विराट कोहलीले बनाए नयाँ कीर्तिमान

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।

विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् । विराटले यसअघि भारतकै पूर्व ब्याटर सचिन तेन्दुल्करको नाममा रहेको सचिनको नाममा रहको ३२१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

यो सूचीको तेस्रो स्थानमा रहेको अस्ट्रेलियाका पूर्वब्याटर रिकी पोन्टीङ ३४१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए । यस्तै कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौँ स्थानमा उक्लिएका छन् । आजको खेलमा नटआउट १ सय २२ रन बनाएका कोहलीको एकदिवसीयमा १३ हजार २४ रन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077