Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हृदयाघातबाट निधन भएका दिवंगत नेता नेम्बाङको भोलि दाहसंकार गरिने

    हृदयाघातबाट निधन भएका दिवंगत नेता नेम्बाङको भोलि दाहसंकार गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम सं‌स्कार भोलि गरिने भएको छ।नेकपा एमाले अनुसार उनका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने भएको हो ।

    दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन्।



    दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ।



    एमाले उपाध्यक्ष एवम् संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको हो । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

    नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । गत राष्ट्रपतिको निर्वाचनमा नेम्वाङ उम्मेदवार बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार