Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले भन्यो – चिकित्सकले जाँच गर्दा मुटुको चाल थिएन

    नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले भन्यो – चिकित्सकले जाँच गर्दा मुटुको चाल थिएन

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

    अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको मुटुको चाल बन्द भएको जनाएको छ ।



    राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरे ।



    अस्पतालले नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ। गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।

    अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार