Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म राखिने

    सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म राखिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

    मंगलबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गर्ने निर्णय गरेको हो।



    सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ।



    एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ। बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्।

    छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने एमालेले जनाएको छ । नेम्वाङको हृदयघातका कारण सोमबार राति निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार