काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा भारतले घरेलु टोली श्रीलंकालाई २१४ रनको सामान्य लक्ष्य दिएको छ ।
कोलम्बोस्थित प्रेमदासा रंगशाला टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९.१ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाएको हो ।
कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५३ केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाउनबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका २० वर्षीय बलर दुनिथ वेल्लालागेले भारतका ५ विकेट लिएका छन् । यस्तै, चारिथ असालान्काले ४ तथा महीशा थ्रीक्सालान्काले १ विकेट लिए । केहीबेरपछि श्रीलंकाले ब्याटिङ गर्नेछ ।