Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

    नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 861
    SHARES

    काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।

    नेकपा एमालेका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने छ ।



    नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार मात्रै अन्त्यष्टि गरिने भएको छ ।



    उनको राजकीय सम्मानसाथ अन्त्यष्टि गरिनेछ भने अन्तिम संस्कारका दिन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार