Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु

    बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

    गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।



    जयपुर आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो ।



    त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार