Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्तिम संस्कारअघि नेम्वाङको शवयात्रा गरिने, यस्तो छ रुट

    अन्तिम संस्कारअघि नेम्वाङको शवयात्रा गरिने, यस्तो छ रुट

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भोलि बिहीबार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार सो अघि उनको शवयात्रा निकालिन लागिएको हो ।

    बिहीबार विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।



    अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको सचिव विष्टले बताए ।



    दिवंगत उपाध्यक्ष नेम्वाङको पार्थिक शरीर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । सोपछि बालुवाटारस्थित उनको निजी निवासमा लगिएको छ ।

    चीन भ्रमणमा गएका पार्टी महासचिव शंकर पोखरेलले आज पार्टी मुख्यालयमा गएर नेम्वाङप्रति पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे । त्यस्तै, आज विभिन्न राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु, उच्च पदस्थ अधिकारीहरुले पनि पार्टी मुख्यालयमा पुगी नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    बिहीबार हुने नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय सरकारले गरेको छ । सरकारले सार्वजनिक विदा पनि दिने निर्णय गरेको छ । नेता नेम्वाङको मंगलबार विहान १ः५० मिनेटमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार