Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङमा आकस्मिक अवतरण गरेको छ ।

खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको हो ।

कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार उक्त हेलिकप्टरमा पाइलटसहित पाँचजना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077