Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्णायक खेलमा श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको आफ्नो अन्तिम खेलमा पाकिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

वर्षाका कारण ढिला सुरु हुन लागेको यो खेल ४५ ओभरको हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पाकिस्तानी टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ । अब्दुल्लाह सफिक, मोहम्मद ह्यारिस, मोहम्मद नवाज, मोहम्मद वासिम र जमान खानलाई समावेश गरिएको हो ।

चोटग्रस्त ह्यारिस रौफ, इमाम उल हक टोलीमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077