Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुटिन र किमले दिए एकअर्कालाई राइफल उपहार !

    पुटिन र किमले दिए एकअर्कालाई राइफल उपहार !

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले एकअर्कालाई राइफल उपहार दिएका छन् ।

    रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि उनीहरुबीच राइफल आदानप्रदान भएको हो । क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।



    पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन् ।



    ‘पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरुप प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार