काठमाडौं । जारी एसिया कपमा पाकिस्तानले श्रीलंकालाई २५३ रनको लक्ष्य दिएको छ । टस जित्दै पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २५२ रन बनाउन सक्यो ।
वर्षाका कारण ५० ओभरको खेल ४२ ओभरमा झारिएको थियो । पाकिस्तानका लागि सर्वाधिक मोहम्मद रिजवानले ७३ बलको सामना गर्दै नटआउट ८६ रन बनाए ।
यस्तै इफ्तिकर अहमदले ४० बलमा ४७ रन जोडे भने अब्दुलाह शफिकले ६९ बलमा ५२ रनको योगदान दिए
।
कप्तान बाबर आजम भने ३५ बलको सामना गर्दै २९ रनमा आउट भएका थिए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकाले केहीबेरमा ब्याटिङ गर्दै छ ।