Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : पाकिस्तानले दियो श्रीलंकालाई २५३ रनको लक्ष्य

काठमाडौं । जारी एसिया कपमा पाकिस्तानले श्रीलंकालाई २५३ रनको लक्ष्य दिएको छ । टस जित्दै पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २५२ रन बनाउन सक्यो ।

वर्षाका कारण ५० ओभरको खेल ४२ ओभरमा झारिएको थियो । पाकिस्तानका लागि सर्वाधिक मोहम्मद रिजवानले ७३ बलको सामना गर्दै नटआउट ८६ रन बनाए ।

यस्तै इफ्तिकर अहमदले ४० बलमा ४७ रन जोडे भने अब्दुलाह शफिकले ६९ बलमा ५२ रनको योगदान दिए

कप्तान बाबर आजम भने ३५ बलको सामना गर्दै २९ रनमा आउट भएका थिए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकाले केहीबेरमा ब्याटिङ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077