Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित

काठमाडौं । नागरिक अगुवा तथा चिकित्सक डा.गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि सत्याग्रह स्थगित गरेका बताए ।

विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरूपछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो । हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उनले जनाए।

पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायतका कामहरूका लागि उनीहरूले तीन महिनाको समय मागेको केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077