Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकदिवसीय विश्व वरीयताको तेस्रो स्थानमा झर्‍यो पाकिस्तान, भारत दोस्रोमा उक्लियो

काठमाडौं । पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतमा तेस्रो स्थानमा झरेको छ।

एसिया कपको सुपर फोरमा श्रीलंका र भारतसँग पराजित भएसँगै पाकिस्तानको वरीयता खस्किएको हो।

अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। यता भारत दोस्रो स्थानमा छ।

एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरे भारत वरीयताको शीर्ष स्थानमा पुग्नेछ।

एसिया कपअघि पाकिस्तान विश्व वरीयताको शीर्ष स्थानमा थियो।पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन।

त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन। यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077