Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयलाई मेयर हर्क साम्पाङको पत्र - ईप्रका धरानका डीएसपी मल्ललाई सरुवा गरिदिनू

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी)नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

आफूलाई असहयोग गरेको भन्दै मेयर साम्पाङले डिएसपी नवराज मल्ललाई सरुवा गरिदिन गृह मन्त्रालयलाई पत्र लेखेका हुन् । मेयर सम्पाङ्गले भदौ २७ गते आवश्यक कारबाहीका लागि भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

उनले लेखेको पत्रमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख मल्लले आफूलाई असहयोग गरेको उल्लेख छ । मेयर साम्पाङले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुङ्गा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरे ।

डीएसपी मल्लले आफू स्वयं‍ले दिएको उजुरी समेत दर्ता नगरेको, स्थानीय सरकारले भनेको नमानेको र ढुङ्गा गिट्टी तस्करलाई पक्राउ गर्न जान नमानेको भन्दै मेयर साम्पाङले सरुवा गरिदिन आग्रह गरेका छन् ।

पत्रमा उनले डीएसपी मल्ले पत्र नपठाइ केही गर्न नमानेको, स्थानीय शान्ति सुरक्षामा खासै काम नगरेको, स्थानीय सरकारको सुरक्षा गर्न नसकेको तथा सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजक गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077