Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रिकेटको विकासका लागि काठमाडौं महानगर र बाग्मती क्रिकेट संघबीच सहकार्य

काठमाडौं । क्रिकेटको विकासका लागि काठमाडौं महानगरपालिका र बाग्मती प्रदेश क्रिकेट सङ्घले सहकार्य गर्ने भएका छन् ।

शुक्रवार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बाग्मती क्रिकेट सङ्घको तर्फबाट अध्यक्ष पारस खड्काले सहकार्यका लागि सहमति गरेका हुन् ।

सहकार्यअन्तर्गत काठमाडौंका विद्यालयस्तरका ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग हुने विश्वास लिइएको छ ।

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीयजनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो,’ मेयर शाहले भनेका छन्, ‘त्यसअनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077