Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात दिने भ्रमणका लागि आज भारत जाँदै बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई सात दिने भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने छन् ।

भारत बसाईका क्रममा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यतालिका छ ।

भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुने बताइएको छ । उनी असोज ५ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077