Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो।

भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077