Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप फाइनलमा श्रीलंकाको खराब सुरुवात, ४ ओभरमै आधा टीम पेबेलियनमा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतविरुद्ध श्रीलंकाको पारी धर्मराएको छ । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले ६ओभरभित्रै ६ विकेट गुमाएको हो।

फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एकै ओभरमा तीन विकेट लिएका थिए । सिराजले ओभरको पहिलो बलमा पथुम निसांकालाई रवीन्द्र जडेजामार्फत क्याच गराएका थिए ।

दोस्रो बल डट फालेका सिराजले तेस्रो बलमा सदिरा समराविक्रमालाई एलबीडब्लूको धरापमा पारे । सिराजले चौथो बलमा चरिथ असलंकालाई इशान किशनबाट क्याच गराएका थिए ।

पाँचौ बल चौका भए पनि छैटौँ बलमा सिराजले धनञ्जय डी सिल्भालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

पहिलो ओभरमा जसप्रित बुम्राहले १ विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म ७ओभरमा श्रीलंकाले ६ विकेट गुमाएर १७ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077