Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमा अलआउट

काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमा अलआउट भएको छ ।

कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो ।

सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077