Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

    रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

    आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन् ।



    छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी थिए ।



    खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।

    यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार