Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुरक्षा व्यवस्था चुस्त बनाउन पशुपति परिसरमा झण्डै तीन हजार प्रहरी परिचालन

काठमाडौं । सुरक्षा व्यवस्था चुस्त बनाउन पशुपतिनाथ मन्दिर परिसरमा कमान्ड पोष्टको स्थापना गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले कमान्ड सम्हाल्ने गरी आइतबार कमान्ड पोस्ट स्थापना गरिएको हो।

पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षाका लागि २ हजार ९६६ प्रहरी परिचालन भएका छन् । कमान्ड पोष्ट तीज नसिकएसम्म पशुपति क्षेत्रमै रहनेछ।

पशुपति क्षेत्रम प्रहरीको पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसीटिभी, वाक थ्रु गेट, ड्रोनबाट निगरानी गरिएको छ।

तीजको दिन आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ।

दर्शनार्थीको सहजताका लागि चारवटै प्रवेशद्वार खुला गरिएको छ। एक सिफ्टमा १ हजार ४८३ प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077