Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले टिपटप समोसा पसललाई तिरायो २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर-१७ नगलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको लगायत कारणले महानगरपालिकाले जरिवाना तोकेको हो। उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

यस्तै, अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराइएको छ।

दिपक राज थपलिया सञ्चालक रहेको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन तथा अनुगन ऐन २०७७ को दफा २९को अण्ड (उ)बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवना गरेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा उक्त पसलले बिक्रीमा राखेको दूधबरी बिग्रिएको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077