Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको रक्षा गरेको बताएका छन् ।

पार्टी निकट नेवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दैमा ठूलो पार्टीनुहुने बताएका छन् ।

अध्यक्ष नेपालले भने,‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ। अरू केही होइन।’

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने उनले टिप्पणी गरे । एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दाबी गरे ।

एमसीसीको गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077