Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बढुवा भएका सैनिक अधिकृतलाई प्रधान सेनापतिले गरे दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सरकारको भदौ २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा राउत पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्तसमेत भएका छन् ।

यस्तै प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरिबहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077