Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कावा प्रधानमन्त्री खड्काले गरे मन्त्रीहरुसँग छलफल, भने – नागरिकले राहत महसुस गर्नेगरी काम गरौं

    कावा प्रधानमन्त्री खड्काले गरे मन्त्रीहरुसँग छलफल, भने – नागरिकले राहत महसुस गर्नेगरी काम गरौं

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 831
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । उनले रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीसँग छलफल गरेका हुन् ।

    सो छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न हामी सबै लाग्नुपर्ने कुरामा जोड दिए ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।



    छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए ।

    साथै उनले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वमा शान्ति–सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै हामी सबैले काम गर्नुपर्ने बताए ।

    बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार