Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तीजमा पाँच लाख श्रद्धालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली हिन्दु नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।

सोमबार साँझ ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका थिए।

पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। पशुपतिनाथ मन्दिरमा यो वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाएको भक्तजनले बताए ।

१५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077