Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इरानको कारागारका रहेका ५ अमेरिकी बन्दी छुटे, चार्टर्ड बिमान मार्फत पुगे अमेरिका

    इरानको कारागारका रहेका ५ अमेरिकी बन्दी छुटे, चार्टर्ड बिमान मार्फत पुगे अमेरिका

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 360
    SHARES

    एजेन्सी । इरानको कारागारमा रहेका पाँच जना अमेरिकी बन्दी छुटेका छन् । कतारको मध्यस्थतामा भएको वार्ता सफल भएपछि बन्दीहरु रिहा भएका हुन् । उनीहरु तेहरानबाट कतारको राजधानी दोहा हुँदै अमेरिका फर्किएका छन् ।

    अमेरिकाको प्रतिबन्धपछि दक्षिण कोरीयाली बैंकमा रोकिएको इरानको झण्डै ६ अर्व अमेरिकी डलर फुकुवा गर्न अमेरिका सहमत भएपछि इरानले अमेरिकी बन्दीहरु रिहा गरेको हो ।



    दक्षिण कोरियाले उक्त रकम दोहाको बैंकमा रहेको इरान सरकारको खातामा पठाएको हो । रिहा हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।



    उनीहरु चार्टर्ड बिमान मार्फत अमेरिका पुगेका छन् । अमेरिकाको कारागारमा रहेका पाँच जना इरानीलाई रिहा गर्ने सम्झौता पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार