Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीनजना गम्भीर घाइते

    मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीनजना गम्भीर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.3K
    SHARES

    रूपन्देही । रूपन्देहीको तिलोत्तमा दुई समूहबीच झडप भएको छ ।

    जिल्लाको तिलोत्तमा नगरपालिका ९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।



    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार झडपमा तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए ।

    झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार