Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीनजना गम्भीर घाइते

रूपन्देही । रूपन्देहीको तिलोत्तमा दुई समूहबीच झडप भएको छ ।

जिल्लाको तिलोत्तमा नगरपालिका ९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार झडपमा तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए ।

झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077