Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कावा प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    कावा प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 822
    SHARES

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् ।

    मंगलबार उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुई पक्षीय सुमधुर सम्बन्ध रहेको बताए ।



    उनले नेपाल एक चीन नीतिप्रति सदैव दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।



    उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे । राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार