Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने अनुमान गरेको छ ।

एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२३को प्रतिवेदनमा उक्त आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

प्रतिवेदनमा गत आर्थिक वर्ष २०२३ (सेप्टेम्बरसम्म) नेपालको आर्थिक वृद्धि १. ९ प्रतिशत रहेको औंल्याइएको छ । त्यस्तै गत आर्थिक वर्ष भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको र चालु वर्षमा ६.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा गत आर्थिक वर्ष माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७.१ प्रतिशत रहेको र चालु वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६.९ प्रतिशत रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077