Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ब्राउनसुगरसहित बाँकेबाट २ जना पक्राउ

    ब्राउनसुगरसहित बाँकेबाट २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.7K
    SHARES

    संकेतिक तस्विर

    बाँके । प्रहरीले ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले नेपालगन्ज र कोहलपुरबाट २ जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा डुडुवा गाउँपालिका वडा नं. ६ का २८ वर्षीय उदयराज मौर्य र कोहलपुर नगरपालिका वडा नं. १, कौशिलानगरका प्रकाश विक रहेका छन् ।



    लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित र विकलाई १५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

    विशेष सूचना पाएर गएको टोलीले विकको कोठामा खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको थियो भने मौर्यले भने पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए । प्रहरी टोलीले शंका लागेर मौर्यलाई जाँच गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार