Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ

    विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ ।

    आज बिहान ९ बजे विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।



    प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो ।



    श्री एरलायन्सबाट काठमाडौंतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामबहादुर घर्ती मगरका अनुसार क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार