काठमाडौं । सशस्त्र प्रहरीले वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामालाई बुधबार राति २ बजे उद्धार गरिएको हो ।
पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेपछि वारि आउन नसकेर नदी किनारको पहरामा फसेका थिए ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमान्डमा गएको १५ जनाको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।
उद्धारपछि उनलाई उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।