Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतो रहेका छन् ।

महतोको साथबाट डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लहान नगरपालिका–८ मा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाकको टोलीले महतोलाई शंका लाग्दा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा लागूऔषध फेला परेको हो ।

पैदल यात्री महतोले बोकेको कालो रङको झोलाभित्र प्लाष्टिकको पोका बनाइ लुकाइ राखेको अवस्थामा प्रहरीले लागूऔषध फेला पारेका हो। लागूऔषधसहित महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077