Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाल सुधार गृहमा झडप : एक जनाको मृत्य, १० घाइते

बाँके । बाँकेको एक बाल सुधार गृहमा दुई समूहबिच झडप भएको छ । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

बाल सुधार गृहका अनुसार १० जना गम्भीर घाइते छन् । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ ।

बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन नभएको बाल सुधार गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077