Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करी प्रकरण : आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको भन्सारबाट तस्करी भएको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने तयारी थालेको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक बोलाएको हो । बैठक गृहमन्त्रलायमा बोलाइएको छ ।

आज चार बजे गृहमन्त्रालयमा सरकारले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग गठनबारे भनेर बैठक बोलाइएको स्रोतले बतायो । यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो ।

उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए । तर, आज असोज ५ गते कार्यालय समय सकिँदासम्म आयोग गठनको कुनै निर्णय, घोषणा भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077