Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित इटहरीबाट दुई जना पक्राउ

सुनसरी । प्रहरीले इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरेको छ ।

नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानको लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077