Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्लाहीको सदरमुकाममा मलंगवामा जारी कर्फ्यु आज पनि निरन्तरता

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा जारी अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको छ ।

धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

सो अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो । विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

कर्फ्युको कारण शुक्रबार दिनभर बन्द रहेको मलंगवा आज पनि बिहानैदेखि सुनसान छ। मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077