Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिममा २९६ प्रहरी जवान दीक्षित, डीआईजी बोहराको निर्देशन – अनुसन्धान कार्यमा जोड दिनू

    सुदूरपश्चिममा २९६ प्रहरी जवान दीक्षित, डीआईजी बोहराको निर्देशन – अनुसन्धान कार्यमा जोड दिनू

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 3.2K
    SHARES

    डोटी । सुदूरपश्चिम प्रदेशमा २९६ जना प्रहरी जवानलाई दीक्षित गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरी आधारभूत तालिम प्राप्त गरेका १८-८२ औँ समूह अन्तरगत रही आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको हो ।

    सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिक २० गतेबाट सुरु भई २३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको आधारभूत तालिमको दीक्षान्त समारोहमा तालिम संयोजक प्रहरी नायब उपरीक्षक सागर बोहराले तालिम प्रतिवेदन प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र अन्तरगत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर र प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट गरी २ सय ९६ जना प्रहरी जवान दीक्षित भएका हुन् ।



    दीक्षान्त समारोह छुट्टा छुट्टै रूपमा सञ्चालन गरिएको थियो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले आधारभूत तालिम प्राप्त गरेका जवानहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराउनुका साथै तालिमको विभिन्न विद्यामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुका साथैआधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशन समेत दिए ।



    दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डीआईजी बोहराले समयको परिवर्तन सँगै नयाँ प्रकृतिका अपराधिक क्रियाकलाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको बताए । उनले प्रहरीले पनि अब नयाँ तरिकाले अनुसन्धान कार्यलाई जोड दिनुपर्ने, संविधान प्रदत्त कानुनको अधीनमा रही प्रहरी सदैव जिम्मेवार हुनुपर्ने बताए ।

    सुदूरपश्चिम प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सबै निकायको सहयोग आवश्यक रहेको बताउँदै प्रहरी आफ्नो जिम्मेवार प्रति प्रतिबद्ध रहेको समेत उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार