Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रालयको सचिव तथा मन्त्रीको ‘स्वकीय हुँ’ भन्दै ठगी गर्ने सेजुवाल पक्राउ

    मन्त्रालयको सचिव तथा मन्त्रीको ‘स्वकीय हुँ’ भन्दै ठगी गर्ने सेजुवाल पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.4K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव तथा मन्त्रीको ‘स्वकीय सचिव हुँ’ भनी ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    भुमी ब्यवस्था, कृषी तथा सहकारी र सामाजिक बिकास मन्त्रीको स्वकीय सचिव तथा मन्त्रालय मातहतको कार्यालयको प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाललाई प्रहरीले पक्राउ गरेको हो ।



    कालीकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ खजुराका २९ वर्षीय सेजुवाललाई ठगीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    फोनबाट तथा बिभिन्न सामाजिक संजालको प्रयोग गरेर मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरु समेतबाट नगद र जिन्सी रकम माग राख्ने गरेको हुँदा आम नागरिकलाई सतर्क रहन अनुरोध हुन भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रालय सूचना प्रकाशित गरेको थियो ।

    सोही सूचना उपर अनुसन्धान गर्दै जाँदा ठगी गर्ने व्यक्ति कालीकोट सेजुवाल रहेको खुलेको थियो । पिडित कैलालीको जानकी गाँउपालिका वडा नम्बर ५ अमौरास्थित आधारभुत स्वास्थ्य केन्द्र अमौराका डाक्टर कृष्ण प्रसाद चौधरीसमेतबाट जाहेरी दरखास्त लिइएको प्रहरीले जनाएको छ ।

    उनलाई ठगी कसुरमा कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य जारी रहेको डीएसपी कुलदिप चन्दले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार