Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077