Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राहत शिक्षकहरूद्धारा सडकमै सुतेर प्रदर्शन

    राहत शिक्षकहरूद्धारा सडकमै सुतेर प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

    आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् ।



    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।



    नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

    पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार