Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राहत शिक्षकहरुको आन्दोलन आज पनि जारी

    राहत शिक्षकहरुको आन्दोलन आज पनि जारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन्।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा माइतीघर मण्डलमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।



    विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै उनीहरूले असोज ३ गतेदेखि निरन्तर आन्दोलन जारी राखेका हुन्।



    यसअघि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूलाई निरन्तरता दिएका छन् ।

    बुधबार पनि उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार