Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजदेखि थप सशक्त आन्दोलन गर्दै राहत र पेन्सन बन्चित शिक्षक

    आजदेखि थप सशक्त आन्दोलन गर्दै राहत र पेन्सन बन्चित शिक्षक

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् ।

    शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।



    उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारे । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो ।



    आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले बिहान १०ः३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार