Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • संघीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

    संघीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कसैले बोकाइदिएको भारी हो भनेर नेपाली कांग्रेसले भन्ने तथ्य ठीक नभएको बताएका छन्।

    कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले भने, ‘संघीयता ठीक ढंगले चलिरहेको छैन भन्ने कुरा ठीक हो, यसमा हामीले सुधार गर्नुपर्ने कुरा धेरै छ, तर यो चाहिँ कसैले बोकाइदिएको भारी हो भन्ने कुरा चाहिँ तथ्यका हिसाबले मिल्दैन।’



    नेपालका मूल धारका तत्कालीन राजनीतिक दलहरुमध्ये अधिवेशनबाट निर्णय गरेर एकात्मक राज्य प्रणलीबाट प्रस्थान गरी संघीय लोकतान्त्रिक जनप्रतिनिधिमूलक शासन व्यवस्था कायम गर्ने भनेर निर्णय गर्ने कांग्रेस पहिलो पार्टी भएको उनले स्पष्ट पारे।

    ‘संसद्‌बाट बनाउनुपर्ने ४० वटाभन्दा बढी महत्त्वपूर्ण कानुन नबनाएर आफैंले आन्दोलनबाट स्थापित प्रणालीलाई असफल हुने बाटोतिर लिएर गएर हामीले कसलाई दोष दिइरहेका छौं ?’, महामन्त्री थापाले प्रश्न गरे।

    उनले कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव ठीक बनाउन लाग्नुपर्ने धारणा राखे।

    ‘यो संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारी कांग्रेसबाहेक अरूले लिन पनि सक्दैन र लिँदा पनि लिँदैन, त्यो जिम्मेवारीबाट अलग भएर हाम्रा छलफलहरु हुन सक्दैनन्’, महामन्त्री थापाले भने।

    उनले संघीय सरकारका मन्त्रीहरुलाई सहभागी गराएर खुलेर छलफल गर्न, समस्याहरु समाधान गर्न, सुझावहरु दिन केन्द्रीय समितिको एउटा बैठक आयोजना गर्नुपर्ने धारणा राखे। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार