Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गर्ने सुरुची पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ लेखनाथ टोलकी सुरुची भुजेल रहेकी छन् । भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।

उनीहरूले टर्कीमा गएको भूकम्पपछि राष्ट्रसंघीय सहयोगमा काम लगाइदिने भन्दै ठगेका थिए । उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड १५ लाख १९ हजार ८ सय रुपैयाँ ठगेका थिए ।

वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077